यस पटक बिशेष हुदैछ,बेल्जियमको नेपाल महोत्सव

नेपाली पर्यटन, कलासंस्कृती र परम्परालाई विदेशी सामु चिनाउने उद्देश्यले बेल्जियममा नेपाल महोत्सव आयोजना गरिने भएको छ । प्रत्येक बर्ष मनाउँदै NRNA Belgiumआएको महोत्सव यसबर्ष भने एनआरएन बेल्जियमको तर्फबाट अक्टोबर ४ र ५ शनिवार र आईतवार गरी दूइ दिन सम्म मनाईने भएको छ| खास गरी बेल्जियम नेपाल फ्रेन्डशिप एसोसिएसनको आयोजनामा चार दिन सम्म चल्ने ‘सानो नेपाल’ नामक नेपाल महोत्सवको अवसर पारेर एनआरएन बेल्जियमले एसोसिएसन संगको सहकार्यमा दुई दिने कार्यक्रमको आयोजना गरेको हो|

पर्यावरणीय किसिमले सुन्दर ठाउ मानिले साउथ फोंन्टिनमा एसोसिएसन संगको सहकार्यमा आयोजना गरीएको हुदा यस पटकको मेला भने बिगतका बर्षहरु भन्दा फरक हुने आयोजकले बताएका छन्| उक्त  महोत्सवको तयारी सबै पूरा भएको आयोजकले जानकारी दिएको छ |

मुख्यतः नेपाली कला संस्कृती र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक बर्ष नेपाल महोत्सवको आयोजना हुने गरेको छ | महोत्सव खासगरी नेपाल प्रवद्धन मै केन्द्रित रहको छ| महोत्सवमा बेल्जियन सहित नेपाली स्टलहरु पनि राखिने भएको छ| प्रथम विश्व युद्व समाप्त भएको एक सय बर्षको अवसरमा बेल्जियमको ईपरमा नोभेम्बरमा सतवार्षिकी कार्यक्रमको आयोजना छ भने त्यसै अवसरमा महोत्सवको पहिलो दिन ईपरमा ज्यान गुमाएका गोर्खाली नेपालीको सम्झनामा एक बिशेष कार्यक्रमको आयोजना गरिने भएको छ| ७०० नेपाली मारिएको अनुमान गरीएकोमा ७० जना नेपालीहरुको परिचय समेत खुलेको छ|

महोत्सवमा पत्रकार निलाम कोसाक र रागिनी ग्रेलाद्वारा नेपालको पर्यावरणीय सुन्दरता झल्किने फोटो तथा पेंटिंग प्रदर्शनी गरीने भएको छ| यसैगरी नेपालको कला,संस्कृति सम्वन्धि डकुमेन्ट्री समेत प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ| आयोजकले यसबर्ष महोत्सवमा सहभागीता जनाउने विदेशीहरुलाई मध्यनजर गरेर नेपाली पर्यटनको बारेमा जानकारी दिन नेपाली दूतावासलाई आव्हान गरेको जनाएका छन| जसको माध्यमबाट नेपालमा भएको पर्यटकीय क्षेत्र, रहने बस्ने सुविधा र विभिन्न पर्यटकीय सम्भावनाहरुको बारेमा सहभागीहरुलाई जानकारी दिइन सक्ने आयोजकले आशा लिएका छन्|

महोत्सवमा नेपाली तथा बेल्जियन गरी हजारौको सहभागिता रहने विश्वास आयोजकले लिएको छ| एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुंगले विगतका बर्षहरुको तुलनामा यसबर्ष नेपाल महोत्सव अझ व्यवस्थित जानकारीमुलक र मनोरञ्जनात्मक बनाउन आफूहरु लागिपरेको बताएका छन्| एनआरएनले  यस अघिनै महोत्सवलाई भव्य बनाउन सफल बनाउन बिभिन्न संघ सस्थाहरुको उपस्थितिमा बिभिन्न समितिहरुको गठन गरी जिम्मेवारी समेत प्रदान गरीसकेको छ| यसपटक बेल्जियम स्थित प्रायजसो सबै संघ सस्था सहभागी हुने आशा गरीएको छ |

महोत्सवको माध्यमबाट दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले साउथ फोंन्टिन नगरपालिका मेयर लगायत थुप्रैलाई निमन्त्रणा गरीएको छ|यसैगरि कार्यक्रमलाई रोचक र मनोञ्जक बनाउन बेलायतबाट पन्चेबाजाको टोलि आउने भएको छ |यसका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहनेछ भने बिभिन्न जातजातीको परम्परागत संस्कृती झल्कने सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ |