बेल्जियममा नेपालीलाई बेवारिसे रूपमा चिहानमा गाडियो

फोटो-युवराज गुरुङ्ग /नमस्ते युरोप
फोटो-युवराज गुरुङ्ग /नमस्ते युरोप

Update स्वर्गीय लक्ष्मण खत्री मधुमेह र रक्तचापको बिरामी रहेको र उनी आफैं अस्पताल भर्ना भै अस्पतfल मै देहान्त भएको भनी उनको  ‘सामाजिक-सार्वजनिक केन्द्र’ (OCMV/CPAS) ले जनाएको छ । परिवारको माग अनुसार उनको अन्त्येस्टी सँस्कार अनुसार  गर्ने बारेमा  OCMW सकारात्मक रहेको तथ्य नेपाली समुदायसँगको भेटमा  सोमबार बताएका छन् ।  खत्री बसेको घर धनीसँग भेटी कोठा खोलिएको र उनको राहदानी र तस्बिरहरु भेटिएको छ । 

 हालै बेल्जियममा निधन भएका एक नेपालीको बेवारिसे रूपमा चिहानमा गाडिएको समाचार सार्वजनिक भएको छ । लक्ष्मण खत्री नामका ती नेपालीको मृत्यु के कारणले भएको हो खुल्न सकेको छैन । उनको अवसानबारे नेपाली दुतावास र नेपाली संघसंस्थाहरू समेत बेखबर रहे । थुप्रै नेपाली सँघसँस्था सक्रिय रहेको बेल्जियममा खत्रीको बिना रीतिरिवाजका साथ भएको अन्त्येष्टीको घटना समुदायका लागि थप अप्रीय बनेको छ ।

नेपाली नियोग र समुदायलाई जानकारी नदिइ उनलाई चिहानमा गाड्ने काम बेल्जियमस्थित एक समाजिक संस्थाले गरिदिएको स्थानिय नमस्ते युरोपले जनाएको छ । ढिलोगरी खबर पाएपछी यहाँ कार्यरत नेपाली संस्थाहरु आर्श्चर्यचकित भएका छन ।

मृतक खत्री काठमाडौं, कलङ्कीको भएको अपुष्ट समाचार प्राप्त भएको छ । उनी बेल्जियमको दोस्रो ठुलो र बन्दरगाह सहर आन्तर्वपेन सहरका निवासी थिए । आन्तर्वपेन अन्तर्गतको लिन्करओभर उप-नगरपालिकाको ‘सामाजिक-सार्वजनिक केन्द्र’ सँग आबद्ध रहेका खत्रीको खर्च ब्यवस्थापन सोही सँस्थाले गरेको बताइएको छ । बेल्जियममा आम्दानी नहुनेहरूका निम्ति यस्तो सँस्थाले हेर्ने गर्छ ।