बेल्जियममा नवआगन्तुकका लागि शुःल्क ?

वेल्जियमको आप्रवासी विभाग प्रमुख थियो फ्राकलिनले आप्रवासीको लागि प्रशासनिक खर्च स्वरूप शुल्क लगाउने बिषयमा सरकार अगाडी वढेको जनाएकाbelgium11 छन | बेल्जियमको एक दैनिक पत्रिकाका अनुसार उक्त नयाँ शुल्क २२५ युरो रहेको छ| सन् २०१५ अगावै लागु गरीने संभावना रहेको यस नयाँ नियम अन्तर्गत युरोपियन नागरिक, शरणार्थी तथा मानव तस्करीबाट पिडितले भने तिर्नु नपर्ने जनाईएको छ|

बुधवार संसदमा यस बिषयमा बहस भएको थियो| तर कति शुल्क लगाउने भन्ने निश्चित भने भएको छैन| गत बर्ष अन्त्वेर्पेनमा यस नियमलाई लागु गर्न खोजिए पनि त्यहाका गभर्नरले युरोपियन नियम संग बाझिएको भन्दै खारेज गरेका थिए| यसै हप्ता फ्राकलिनले यस बिषयलाई पुन उठाएका छन्| उनले बिशेष गरी पारिवारिक मिलनबाट बेल्जियम आउनेहरुका लागी लक्षित रहने जनाएका छन्|