बेल्जियममा गणेशमान शतवार्षिकी संपन्न

बेल्जियममा रहेका नेपालीहरुले २०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली काग्रेसका संस्थापक नेता गणेशमान सिहले नेपालमा प्रजातन्त्र बहालीको लागी दिएको योगदानको चर्चा गर्दै सतवार्षिकी मनाएका छन| कार्यक्रमका बक्ताहरुले नेपालको एकतन्त्रीय शासन विरुद्व बिपी सगै मेलमिलापको 1नीति लिएर स्वदेश फर्केको उल्लेख गर्दै मुलुकको समृद्विकोलागी सबै एकजुट हुनु पर्नेमा जोड दिए| गणेश मान केन्द्र बेल्जियमद्वारा आईतवार बेल्जियमको ब्रुजमा कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रमका प्रमुख अतिथि गणेशमान केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले गणेशमान सिंहको राजनीति प्रति रहेको निष्ठा र योगदानको चर्चा गर्दै वर्तमान दलहरु देश र जनता प्रति निष्ठावान रही संबिधान निर्माण गर्ने तर्फ उन्मुख हुनुपर्ने बताए |यसै गरी बिशेष अतिथि जन सम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले बिपी सगै मेलमिलापको नीति लिएर स्वदेश फर्केको बारे प्रसंग उल्लेख गर्दै मुलुक भित्रका दलहरुले प्रजातन्त्रको ग्यारेन्टी गर्दै मिलेर अघि बढ्नु बाहेक अर्को विकल्प नहरेको बताए|

गणेश मान केन्द्र बेल्जियमका अध्यक्ष  ऐकेन्द्र श्रेष्ठको अध्यक्षता र महासचिब कमल पन्थीद्वारा संचालन गरीएको कार्यक्रममा सूर्य देवी श्रेष्ठले अतिथिहरुलाई स्वागत गरेको थिइन् | उक्त कार्यक्रममा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटा, राधाकृष्ण अधिकारी ,जनसम्पर्क समितिबेल्जियमका अध्यक्ष सन्तोष जोसी, गणेश मान केन्द्र जर्मनीका अध्यक्ष बिजय मोक्तान,आदीबासी जनजाती महासंघका कार्यबाहक अध्यक्ष  बाबुराजा लामा, एभरेष्ट समाज बुर्गेका दुर्गा सुबेदी,जनप्रगतिशील मंचका कमल भारती, जनप्रगतिशील मोर्चाका मणी राइ ,बाग्लुंग समाजका अध्यक्ष देबु शर्मा,तमु समाजका कमल गुरुङ,ओस्तंडे समाजका धर्म पाठक,चितवन सहायता कोष बेल्जियमका राधिका गौतम, राईकिरात समाजका मुना राईले गणेशमानको नेपाली नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गर्दै वर्तमान राजनैतिक दलहरुले पाठ सिक्नु पर्ने बताएका थिए|2

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे | त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसूगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे | तत्कालीन पञ्चहरूबाट बीपीसूगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए | बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए | १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो| राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसूग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए|3

वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा जन्मेका सिंहको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भएको थियो | उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ |