बेल्जियमबाट ५ नेपालीलाई भानुभक्त स्वर्ण पदक, विश्वभर सयाैँ सम्मानित

नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा बेल्जियममा रहेर भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने पाँच जनालाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ ।

Bhanubhakta-swarna-Padakभानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईका अनुसार ‘भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा विमल गिरी, दीपेन्द्र के.सी., राजकुमार पुडासैनी, दीपकज्योति पौडेल र मोहन खत्री हुनुहुन्छ ।

यसैवीच अनेसास बेल्जियम तथा भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समिति बेल्जियमले उक्त कदरका लागि पर्यटन तथा सँस्कृति मन्त्रालय र भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समितिलाइ धन्यवाद एवँ हार्दिक आभार व्यक्त गरेको छ ।

‘भानुभक्त स्वर्ण पदक’ नेपालसहित २२ राष्ट्रका देशी-परदेशी नेपाली साहित्यकारहरुलाई दिन लागीएको हो । भानुभक्त द्विशतवार्षिकी कार्यक्रम सफल पार्न सहयोग गर्ने सयभन्दा बढी साहित्यप्रेमीहरूलाइ सो सम्मान दिइँदैछ ।