बेल्जियमबाट मृगौलापीडितलाई आर्थिक सहयोग

बिगत एक बर्षदेखी दुवै मृगौलाले काम गर्न छोडी हाल उपचारको क्रममा काठमाडौंमा रहेका बाग्लुङ पैयुँपाटा निवासी डिल्लीप्रसाद शर्मा पौडेलको उपचार सहयोगार्थ बेल्जियमका नेपालीहरुले एकहत्तर हजार पाँचसय रुपयाँ सहयोग स्वरूप प्रदान गरेका छन्|बेल्जियमबाट पठाईएको उक्त रकम पैयुँपाटा निवासी धनपति शर्मा पौडेलले पिडित परिवारलाई बुधवार हस्तान्तरण गरे|

डिल्लीप्रसाद शर्मा पौडेल
डिल्लीप्रसाद शर्मा पौडेल
आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई पर्न गएको भन्दै पीडित परिवारले सहयोगको याचना गरेपछि बाग्लुंग समाज बेल्जियमको पहलमा समाजका सल्लाहकार गंगाप्रसाद शर्मा आचार्य, सदस्य दिपेन्द्र के.सी र दीपकज्योति पौडेलले उक्त रकम संकलन गरी नेपाल पठाएका थिए |सामान्य कृषि पेशा अगाल्दै आईरहेका पौडेलले आफन्तजन र इष्टमित्रबाट प्राप्त आर्थिक सहयोग उपचारको क्रममा खर्च भैसकेको र अझै पनि थुप्रै रकम लाग्ने बताउदै सहयोगको निम्ति ग्वोबल आई.एम.ई बैंक लि.मा 1207010006199 नं को आफ्नो खाता समेत रहेको जानकारी गराएका छन्|
सहयोग गर्नेहरुको नामावली(रकम युरोमा )
१)देबु शर्मा -६१
२)श्रीप्रसाद सापकोटा -५०
३)गंगाप्रसाद शर्मा आचार्य -५०
४)दीपेन्द्र के.सी -५०
५)ईन्द्र क्षेत्री पकवान -३०
६)परमानन्द सापकोटा -३०
७)धनबहादुर कुँवर(बेलायत)-३०
८)मोहन खत्री -२१
९)रघु आचार्य -२०
१०)नरेश कार्की -२०
११)उपमा निरौला -२०
१२)बिमल गिरी -२०
१३)मोहन पन्त -२०
१४)राजेन्द्र पौडेल -२०
१५)दुर्गा सापकोटा -२०
१६)बुद्वी कुँवर -२०
१७)सुरेश महत -२०
१८)शिव थापा -२०
१९)प्रकाश शर्मा -१०
२०)सीता सापकोटा -१०