बेल्जियमको बुद्ध हाउस दोश्रो स्थानमा

बेल्जियमको लुभेन स्थित नेपालीहरुबाट संचालित ‘बुद्ध हाउस’ रेस्टुरेन्ट अनलाइन मार्फत खाना वितरण सेवा प्रदान buddha houseगर्ने जस्ट इटको सन् २०१४ को लुभेन क्षेत्र भित्रको सर्वेक्षणमा दोश्रो भएको छ| यसैगरी नेपालीहरुबाट नै संचालित ‘न्यू होली काउ’ लगातार २ बर्ष पहिलो स्थानमा रहन सफल भएको छ| बेल्जियमको दैनिक हत लास्त न्युजले समाचार छापेको छ|

प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन शहरमा अत्याधिक विद्यार्थीहरु बसोवास गर्ने गर्छन|जहाँ पिज्जा र पास्ता बढी मात्रामा डेलिभरी हुने गरेकोमा नेपाली तथा भारतीय खानाले ठाउ लिएको छ| बुद्ध हाउस स्थापना भएको पहिलो बर्ष मै डेलिभरी सेवामा दोश्रो भएको हो| बुद्ध हाउसमा नेपाली, भारतीय तथा थाई खाना बिक्रीवितरण गरीन्छ|

खानाको गुणस्तर तथा चुस्त डेलिभरी सेवा प्रदान गरेका कारण पहिलो र दोश्रो स्थानमा रहेका दुवै रेस्टुरेन्टले नेपाली खानलाई युरोपियन नागरिक माझ परिचित गराएका छन्|

न्यू होली काउ लुभेनको नाम्चेस्ट्राट र बुद्ध हाउस टिन्सस्ट्राटमा संचालित छन्|