बेल्जियमका लागि राजदूत नियुक्त

बेल्जियमका लागि नेपाली राजदूतमा लोकबाहादुर थापा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा lok-bahadur-thapa(१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभागका महानिर्देशक लोकबहादुर थापालाई सोमवार बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन ।

बेनेलक्स अर्थात बेल्जियम, लक्जेम्बर्ग र नेदरल्याण्डसका साथै युरोपियन महासंघ (ईयू) समेत हेर्ने हुनाले बेल्जियमको राजदूत पदलाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ ।  कार्यबाहक राजदूतको जिम्मेवारी भने पटक पटक बहन गरिसकेका थापाको यो पहिलो राजदूत पद हो ।