बेल्जियमः न्यूनतम ज्यालाको हिमायती

न्यूनतम ज्याला धेरै भएको देशमा बेनेलक्स मुलुकहरू युरोपमै सबैभन्दा राम्रो पक्षपोषक बनेका छन् ।न्यूनतम मासिक ज्याला लक्जेमबर्गमा १८७४, बेल्जियममा १५०२ र नेदरल्याण्डमा १४७८ युरो रहेको छ, जुन युरोप कै सर्वाधीक रहेको युरोस्टाटको सर्वेक्षणबाट पुस्टी भएको यहाँको ‘ल स्वार्’ नामक फ्रेन्चभाषी पत्रिकाले लेखेको छ ।
Raise-the-Min-Wageयी बेनेलक्स देशहरू पछाडि क्रमशः आयरल्याण्ड, फ्रान्स र यु.के. को स्थान रहेको छ । त्यस्तै, सबैभन्दा कम ज्याला हुने देशहरूमा बुल्गेरिया र रोमानिया रहेका छन् । यी देशहरूमा पनि युरोपेली सँघको सदस्य बनेपछि दोब्बर प्रगति भएको युरोस्टाटको सर्वेक्षणले देखाएको छ ।
बेल्जियमको मासिक १५०२ युरो न्यूनतम ज्याला करसहित हो । तथापि, न्यून आय भएका काममा करको दर पनि कम छ । न्यूनतम ज्याला उच्च रहँदा विपन्न मजदूरहरूका निम्ति बेल्जियम अत्यन्त राम्रो देश रहेको तर कम नाफा गर्ने तथा साना कम्पनीहरूले अदक्ष कामदार भर्ना गर्दा सकसको अवस्था रहेको समाचारमा उल्लेख गरिएको छ ।