बेल्जियन र नेपाली कवि तथा कलाकारहरुले ‘गतिशील भावनाहरु’ कार्यक्रम प्रस्तुत गर्ने

amaaबेल्जियन र नेपालीभाषी कवि तथा कलाकारहरुले संयुक्त रुपमा ‘गतिशील भावनाहरु’ नामक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्| बेल्जियमको लुभेन नगरपालिकाको सांस्कृतिक बिभाग ‘अमातुरामा’ मार्फत यहि अप्रिल २४ देखि २७ सम्म आयोजना गरीने सांस्कृतिक कार्यक्रम अन्तर्गत अप्रिल २५ मा नेपाली कविता र नृत्य प्रस्तुत गरीने भएको छ|

अमातुरामा मार्फत सहभागी हुने झन्डै ३० संघ सस्थाहरु मध्ये नेपाली भाषीको तर्फबाट साँग्रीला समाज र युरो नेपाल कलाकार संघ बेल्जियम सहभागी हुदैछन्| उनीहरुले बेल्जियमका अन्य चार संगठन(Kordante,Locina,Pati Pati र Tine Van Maelsaeke’s Villa Dansa) संगको सहकार्यमा उक्त कार्य गर्न लागेका हुन्|nach2

’सगरमाथाको शिखरदेखि नर्थ सीको किनारसम्म फैलिएका भावनाहरु’ भन्ने सारांश रहेको कार्यक्रममा कविताका श्लोक र नृत्यलाई आश्चर्य, रिस, माया, निरास र आनन्द जस्ता पाँच भावानाहरुलाई कलात्मक रुपले प्रस्तुत गरीन लागेको दीपकज्योति पौडेलले जानकारी गराएका छन्|कार्यक्रममा कवितालाई नेपाली र डच भाषाका माध्यमबाट प्रस्तुत गरीने भएको छ|

त्यसैगरी नेपाली शास्त्रीय तथा आधुनिक नृत्य सग सगै बेल्जियन नृत्यलाई क्रमिकरुपमा प्रस्तुत गरीने छ|शास्त्रीय नृत्यले पाश्चात्य संस्कृतिमा अनौठो रnach4 आनन्द प्रदान गर्ने पदम गुरुङ बताउछन|

जन्मभूमी नेपाल र कर्मभूमि बेल्जियम बनाएका नेपालीहरुबाट हुने यस्ता किसिमका कार्यक्रमले दुई देश बिचका नागरिकको प्रगाढ मित्रताको साथै नेपाली कला र साहित्यलाई चिनाउने मौका समेत भएको बताउछन पंचम अधिकारी|

यसै गरी कार्यक्रमको निर्देशन गर्न पाएकोमा  टिला भान मेल्सैकेले खुशी ब्यक्त गरीन| अर्का सहभागी लिण्डा भान अस्स्चेले यसलाई सांस्कृतिक बुझाई र एकताको रुपमा लिएको बताईन भने सान्दी भान देन अब्बीलीले  सामाजिक घुलमिलको रुपमा लिएको बताईन |

nach

बेल्जियमका विभिन्न पत्रीकाको साथै विश्व प्रसिद्व क्याथोलिक बिश्वबिधालयले समेत यसलाई आफ्नो समाचार बनाएको छ|कार्यक्रमको मेडिया पार्टन रहेको रोब टिभीले यस कार्यक्रमलाई १८ अप्रिलदेखि प्रचारप्रसार गर्ने गरी आफ्नो क्याटलगमा राखेको छ|रोब टिभीको साथै रेडियो २ समेत यसको मेडिया पार्टनर रहेको छ|

nach1

३० सिसि मिनेपोर्ट हलमा साझ ८.३० बजे आयोजना गरीने कार्यक्रमको प्रवेश शुल्क ५ यूरो रहेको छ| कार्यक्रमका बारेमा चाख राख्नेहरूले यस लिङ्कबाट थप जानकारी पाउन सकिनेछ ।

– फोटो क्रेडिट: Eddy Knops