बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरियो

राजधानी ब्रसेल्समा बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरिएको समाचार यहाँका पत्रिकाले उल्लेख गरेका छन् ।

elio-di-rupo-प्रधानमन्त्री एलियो दी रूपो त्रोनको एक व्यायाममा गएका बेला उनका ड्राइभर पत्रिका पसल गएको र त्यही बेला उनको अाैडी-६ मोडलको कारको पछिल्लो सीसा फोडी ल्यापटप र कोट-पाइन्टको ड्रेस चोरिएको बताइएको छ ।

ल्यापटप पछि फिर्ता भएको तर चोर भने हालसम्म नपक्रिएको थाहा भएको छ ।
शुरूमा ल्यापटपमा राज्य र राजपरिवारबारे संवेदनशील सूचना रहेको समाचार आए पनि पछि त्यस्तो संवेदनशील सूचना नभइ प्रधानमन्त्रीका कार्यसूचिहरू जस्ता सामान्य कुरा मात्र रहेको स्पष्टिकरण दिइएको छ ।