बागलुङ समाज वेल्जियमद्वारा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

बेल्जियममा रहेका बागलुङबासीको संस्था बाग्लुङ समाजले बाग्लुङको नारायणस्थानमा रहेको जनताधन उच्च माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीका लागि शुक्रवार आर्थिक सहयोग गरेको छ । विद्यालय अन्तरगत संचालित दृष्टिविहीन विषेश शिक्षामा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासको लागि समाजले आर्थिक सहयोग गरेको हो ।

रोजगारीको सिलसिलामा बेल्जियममा रहेका बागलुङबासीले आफ्नो जन्मभूमिमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा लोककल्याणकारी काम गर्ने उद्देश्य अनुरुप विनियोजन गरिएको रकम विद्यालयमा एक समारोहका विच हस्तारण गरिएको थियो ।

janata ma vi narayansthan baglungवागलुङ समाज बेल्जियमका सदस्य धर्म पाठक र निरज शर्माले १ लाख ५० हजार (१,१११ युरो) रुपैयाँ विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद सुवेदी र दृष्टिविहीन विद्यालयका संस्थापक कमल जिसीलाई हस्तारण गरेका थिए ।

सो अवसरमा दृष्टिविहीन विशेष शिक्षाका संस्थापक कमल जीसीले २०४५ सालमा पाँच जना दृष्टिविहीन विद्यार्थी जम्मा गरि स्थापना गरिएको यो विद्यालयमा हालसम्म सयौ विद्यार्थी यहाँवाट अध्ययन गरि रोजगार समेत पाई सकेको जानकारी दिँदै स्थापनाको शुरुका बर्षमा देउसी भैलो र मुठ्ठीदानबाट कक्षा र छात्रावास संचालन गरिएको र हाल सरकारका तर्फवाट पनि सहयोग हुदै आएको जानकारी गराएका थिए ।

सो विद्यालयमा हाल प्रावि तहदेखी उच्च मावि तह सम्म ३४ जना दृष्टिविहीन विद्यार्थी अध्ययन गरि रहेका छन ।