प्रहरी मुठभेडमा मारिए चर्चित डन ‘चरी’

chariधादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या गर्ने प्रयास गरेको अभियोगमा ६ महिनादेखि फरार रहेका कुख्यात गुन्डा दिनेश अधिकारी ‘चरी’ बुधवार काठमाडौं सीतापाइलामाथि भीमढुंगामा प्रहरीसंगको मुठभेडमा मारिएका छन |

लामो समय देखि प्रहरीको हिट लिस्टमा रहेका उनलाई पछ्याउँदै गएको प्रहरी टोलीलाई गोली फायर गरेपछि जवाफी फायर गर्दा ‘चरी’लाई गोली लागेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्करकार्कीले बताएका छन|घटनामा एक प्रहरी समेत घाइते भएका छन्।घटनास्थलबाट प्रहरीले उनले प्रयोग गरेको पेस्तोल र गोली बरामद गरेको छ |प्रहरीले पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगेको छ |

लामो समय भारतमा बसेका चरी १५ दिनअघि मात्रै काठमाडौँ प्रवेश गरेको सुरक्षास्रोतले जानकारी दियो| स्रोतका अनुसार उनी काठमाडौँ भित्रिएलगत्तै केही व्यापारीहरुलाई फोन गरेर धम्क्याएको सूचना पाएपछि प्रहरीले उनको खोजीलाई तीव्रता दिएको थियो| लामो समयदेखि अपराधिक गतिविधिमा सक्रिय ‘चरी’ नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्षसमेत हुन्| अहिले एमाले नेताहरु उनीसँग सम्बन्ध तोडिसकेको बताउँछन् |चुनावमा एमाले प्रचारमा लागेका चरी ६ महिनायता एमाले नेताहरुको सम्पर्कमा नरहेको उनीहरुको दावी छ|

नया बजार क्षेत्रलाई आधार बनाई अपराधिक गतिविधिमा सक्रिय अधिकारीलाई खाग तस्करी अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरे पनि राजनीतिक दबाबपछि उनले सफाइ पाएका थिए|व्यापारीहरुसँग जवरजस्ती रकम असुली, ठेक्कापट्टा कब्जा र गैँडाको खाग तस्करी गर्ने गरेको प्रहरीको आरोपलागेको छ |काठमाडौंमा रमेश खरेल प्रहरी प्रमुख बनेर आएपछि भने चरी भागेर सिंगापुर र भारतस्म्म पुगेका थिए | खरेलका पालमा उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी भइरहेको थियो |

धादिङकै राधे भण्डारी पहिला ‘चरी’ समूहमै थिए|पछी यी दुवैबीच दुश्मनी बढेको थियो। झन्डै ८ महिनाअगाडि धादिङबाट काठमाडौँ फर्किएका ‘चरी’लाई काठमाडौँमा राधे समूहले गोली हानेको थियो| गोली उनको कुममा लागेको थियो|त्यसैको बदलामा नयाँबजारमा ‘चरी’ले भण्डारीलाई खुकुरी खुकुरी हानेपछि प्रहरीले खोजी थालेको थियो |