राप्रपा नेपालको प्रवासी सँगठन, प्रवासी नेपाली एकता समाज बेल्जियमको लुभेन क्षेत्रीय भेला ६ डिसेम्वर २०१५ मा लुभेनमा सम्पन्न भयो ।

सो अवसरमा बेल्जियम समितिका सदस्य धन बहादुर गुरुङका पिता एवं कास्की जिल्ला पँचायतका पूर्व उपसभापति स्व. गंगा बहादुर गुरुङको हालै निधन भएकोमा शोक व्यक्त गरिएको थियो ।
भेलाले रामचन्द्र पाठकको अध्यक्षतामा ९ सदस्यीय लुुभेन क्षेत्रीय समिति गठन गरेको छ । समितिमा सुुमन शर्मा उपाध्यक्ष, सचिन के.सी. सचिव, अमृत रोका सहसचिव, शर्मिला पन्त कोषाध्यक्ष र सुरेन्द्र खडका, गोविन्द ज्वारचन, रोशन शेरचन तथा छम गौचन सदस्य रहनु भएको छ ।