प्रधानमन्त्री कोइरालाले भेटे इ.यु. का अध्यक्षलाई

संयुक्त राष्ट्रसङ्घको महासभामा भागलिएपछि आज बिहान बेल्जियम आइपुगेका प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली काउन्सीलका अध्यक्ष हर्मन भान रोम्पोइसंग आजै दिउँसो शिष्टाचार भेट गरे । भेटका अवसरमा यूरोपियन युनियन र नेपालको द्वीपक्षीय हितका बारेमा छलफल भएको थियो ।

आजै प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली मुलुकका नेपाली राजदुतहरुलाई निर्देशन दिए । निर्देशन दिने क्रममा गैर आवशीय नेपालीहरुलाई मुलुक निर्माणमा सहभागी गराउन आर्थिक कुटनीति प्रभावकारी पार्न कोइरालाले जोड दिए ।

कोइराला र इ.यु. अध्यक्षबीच भेट
कोइराला र इ.यु. अध्यक्षबीच भेट
प्रधानमन्त्री कोइरालाले बेल्जियमका आफ्ना समकक्षी एलियो दि रुपोसँग बुधबार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । कोइरालाले आजै एेतिहासिक स्थल वाटर लू लगायत केही महत्वपूर्ण स्थलको भ्रमण र दृश्यावलोकनसमेत गर्ने कार्यक्रम रहेको छ । फ्रान्सका तत्कालीन शासक नेपोलियन बोनापार्टले बेलायत, पर्सिया र अष्ट्रियाको गठबन्धनको १८१५ को युद्धमा वाटर लूमा पराजय भोग्नुपरेको थियो र उनको विजयी अभियान त्यहीँ रोकिएको थियो ।

प्रधानमन्त्री कोइराला भोलि लक्जम्बर्ग जाने कार्यक्रम तय भएको छ । त्यहाँ लक्जेम्बर्गका प्रधानमन्त्री जेभियर वेतलसंग प्रधानमन्त्री कार्यालयमा औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ |