पूर्व प्रेमीले खोल्ने भए प्रियंका चोपडाका रहस्यहरु

बलिउड नायिका प्रियंका चोपडाको जीवनका रहस्यहरु अब पर्दामै आउने भएको छ। प्रियंका फिल्ममा आउनुअघि असीम मर्चेन्ट नामक व्यक्तिसँग प्रेम गर्थिन्। उनीहरुबीच लामो समयसम्म रोमान्स चलेको थियो। तर प्रियंकाले सन् २००० मा मिस वल्र्डको ताज जितेसम्म पनि उनीहरुबीच प्रेम र रोमान्स चलेको थियो।

Priyankaएजेन्सीका अनुसार प्रियंकाले बलिउडमा पाइला चालेपछि भने असीमसँग दूरी बढाएकी थिइन्। तीनै पूर्वप्रेमीले फिल्ममार्फत प्रियंकाको जीवनका गोप्य पक्षहरु खोल्ने भएकी हुन्। सो फिल्ममा असीमले प्रियंका बलिउड फिल्म नगरीमा प्रवेश गर्नुअघिदेखि आफ्नै मेनेजर प्रकाश जाजुसँगको विवादसम्मलाई फिल्ममा देखाउनेछन्। प्रियंकाले बलिउड फिल्म जगत्मा पाइला राखेपछि उनको डेट मिलाउनेदेखि लिएर अन्य काम प्रकाश जाजुले गर्थे। पछि उनीहरुबीच लेनदेनको विषयलाई लिएर विवाद भएको थियो। यसका कारण जाजुले कतिपय बलिउड फिल्म निर्मातालाई आफ्नो फिल्ममा प्रियंकालाई नलिन सुझाव दिएका थिए।

प्रियंकाले यस विषयलाई लिएर पुलिसमा उजुरी गर्दै जेलसम्म पठाएकी थिइन्। असीमले भने प्रियंकाको बारेमा नभई प्रकाशका बारेमा फिल्म बनाउन लागेको जवाफ एजेन्सीलाई दिएका छन्।