पशुपति आर्यघाटमा पनि हडताल, शव जलाउन पाएनन्

पशुपति क्षेत्र विकास कोष र आर्यघाट सेवा केन्द्रका कर्मचारीबीच विवाद भएको छ। पशुपति
क्षेत्र विकास कोषले घाट सेवाका लागि नयाँ पसल सञ्‍चालन गर्न अनुमति दिएपछि घाटका कर्मचारीहरु आन्‍दोलनमा उत्रिएका हुन्। घाटका कर्मचारीहरुले पशुपति आर्यघाटमा ल्‍याइएको शव जलाउने कार्यमा रोक लगाएका छन्। उनीहरुले पशुपति क्षेत्र विकास कोषले अर्को पसल सञ्‍चालन गर्न नपाउने भन्द‌ै शव जनाउने कार्यमा रोक लगाएका हुन्।

कर्मचारीहरुले आफूहरुको जीवन विमा हुनुपर्ने,सञ्चयकोषमा रकम जम्मा हुनुपर्ने, उपदान र सुरक्षा लगायतका माग गरेका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले कर्मचारीहरुका केही माग पुरा गर्न कोष हरबखत तयार रहेको बताएका छन्।