पत्रकार महासंघ युरोपद्वारा आक्रमित पत्रकारप्रति ऐक्यवद्धता

FNJनेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य सन्तोष न्यौपानेमाथि गत १९ अगष्टमा ब्रुज सहरमा जीवन शर्माबाट कार्यक्रमस्थल मै भएको सांघतिक हमलामाथि नेपाल पत्रकार महासंघ यूरोप र बेल्जियमस्थित पत्रकारहरुले निन्दा गर्दै त्यसको प्रतिरोधमा विभिन्न निर्णयहरू गरेर पत्रकार न्यौपानेप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।
महासँघको युरोप शाखा अध्यक्ष महेश थापाको अध्यक्षतामा भएको बैठकले घटनाबारे बेल्जियमस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराउने र आक्रमणकारी शर्मा सम्बद्ध एभरेष्ट समाज तथा प्रवासी नेपाली मंच ब्रुज शाखालाइ संस्थाबाट निलम्बन गर्न माग गरेको छ ।
त्यस्तै बैठकले बेल्जियमलगायत डायस्पोरामा नेपाली समुदायहरुबाट आयोजना गरिएका कार्यक्रमहरुमा पत्रकार दिर्घाको व्यवस्था गर्न र समाचार संकलन गर्न गएका सवै पत्रकारहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गर्न गराउन सवै नेपाली संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।