साहित्यकार एवं पत्रकार पंचम अधिकारीलाई पितृ शोक

Ram Mani Adhikariसाहित्यकार एवं पत्रकार पंचम अधिकारीका पिता सेवानिवृत्त शिक्षक राममणि अधिकारीको हृदयघातको कारण स्वर्गारोहण भएको छ । स्वर्गीय अधिकारी सेवानिवृत्त भएपछि कर्मस्थल देवघाट र निवासस्थल काठमाडौं-२९ मा  समाज सेवामा सक्रिय हुनुहुन्थ्यो । शिक्षण कालमा उहाँ देवघाट, तनहुँका विद्यालयहरू ( हालका कालिका उच्च मा. वि. र बज्रयोगिनी मा. वि.) मा गरी डेढ दशक भन्दा ज्यादा समय प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँको निधनमा शिक्षाविदहरू र समाजसेवीहरूले गहिरो शोक व्यक्त गरेका छन् । १२ मंसिर २००५ सालमा तनहुँको छाङ्गमा जन्मनुभएका उहाँको गत माघ १० गते आइतवार चितवनको भरतपुर मेडिकल कलेजमा उपचार गर्दागर्दै निधन भएको थियो । स्वर्गीय अधिकारीका सन्तानका रूपमा एक छोरा र एक छोरी छन् ।