नोबेल शान्ति पुरस्कार पाकिस्तानी किशोरी मालाला र भारतीय सत्यार्थीलाई

Malala Yousafzaiनोबेल शान्ति पुरस्कार पाकिस्तानी किशोरी मालाला युसाफजे र भारतीय कैलाश सत्यार्थीलाई सँयुक्त रूपमा प्रदान गर्ने घोषणा शुक्रवार गरिएको छ ।

“बालबालिका र किशोर-किशोरीमाथि हुने अत्याचार विरुद्ध र शिक्षा सबै बालबालिकाको अधिकार हो भनी लड्न को लागि” सो पुरस्कार दिने निर्णय भएको निर्णायक कमिटीले जनाएको छ ।

Kailash Styarthi

दुइ वर्षअघि तालिवानहरूले स्कुल बसमा आक्रमण गर्दा सख्त घाइते भएकी मालाला त्यसपश्चात् समाचार हेडलाइन बन्दै आएकी छन् । सत्यार्थी भारतमा बाल अधिकारका लागि लडीरहेका व्यक्तित्व हुन् ।