नेपाल-क्यानडा मैत्री साँस्कृतिक संघमा नयाँ कार्य समिति

नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघको दोस्रो साधारण सभाले हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

सभाले उपाध्यक्षहरु प्रा.डा. गोपाल पोखरेल ‘विवश’, रामेश्वर श्रेष्ठ, टासी स्याङ्वो गुरुङ, महासचिव प्रा.डा. श्रीधर गौतम, सचिव खड्गबहादुर थापा, सहसचिव पारिजात भण्डारी, कोषाध्यक्ष रामबहादुर क्षेत्री र सहकोषध्यक्षमा अशोककुमार गुप्तालाई चयन गरेको  छ । सदस्यहरुमा सुभाषकाजी श्रेष्ठ, कोमल वली, तुल्सीराम वली, गोविन्द सिग्देल, निरज मास्के, दोर्जी छिरिङ शेर्पा, शोभा श्रेष्ठ प्रधान, शान्ता भण्डारी, सिताराम वानियाँ, महेश प्रधान, शशीकुमार उपाध्याय, निलकण्ठ तिवारी, बुद्धिनाराण श्रेष्ठ, नन्दा बस्याल, मकरलाल श्रेष्ठ र मीना स्वर्णकारलाई चयन गरेको छ । समितीले एक सदस्य पछि थप्ने निर्णय गरेको छ ।