नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

हकको लागि लड्नुपर्छ

हालैको घटना हो मिनेसोटाको सेन्ट क्वाउड मेडिकल सेन्टरमा १९ वर्षीय नेपाली विद्यार्थी अनुज थापाले अस्पतालको लापरबाहीका कारण बायाँ खुट्टामा नराम्रो क्षति पुगेपछि सो मेडिकल संस्थाले उनलाई क्षतिपूर्ति स्वरुप ११ करोड डलर तिर्नपर्ने भएको छ ।

जनवरी २०१७ मा पहिलो वर्षका विद्यार्थी थापालाई एक फुटबल खेलका क्रममा खुट्टामा चोट लागेपछि एम्बुलेन्समा हालेर अर्जेन्ट सेन्ट क्लाउड हस्पिटल लगिएको थियो । त्यतिखेर उनी १९ वर्षका थिए। अहिले उनी लस एन्जल्समा बस्ने बताइएको छ।

यसमा डाक्टरहरले उनको खुट्टा भाँचिएको ठहर गर्दै तत्कालीन डाक्टर च्याड होलियनले उनलाई शल्यक्रिया गर्न सुझाव दिए जसमा अनुजले सहमति जनाए ।

तर उक्त शल्यक्रियापछि पनि अनुजको दुखाइ कम भइरहेको थिएन । तापनि उनी शल्यक्रिया सकिएकै रात डिस्चार्ज भएर घर गए । अनि ६ दिनपछि पीडा झन् झन् बढ्न थालेकाले उनी फेरि अस्पताल पुगे ।

यसपटक चाहिँ उनलाई अर्कै अर्थो फिजिसियनले शल्यक्रिया गर्न लगे । यसमा उनले अनुजलाई ‘एक्युट कम्पार्टमेन्ट सिन्ड्रोम’ रहेको भने जसमा उनको खुट्टाका मांसपेसीहरु खैरो भइसकेका थिए ।

त्यसबेलादेखि अनुजले २० वटाभन्दा बढी शल्यक्रिया गराए खुट्टा ठिक पार्न । अस्पतालविरुद्द जारी गरिएको कानुनी मुद्दाकाअनुसार अस्पतालले सुरुवातमै अनुजको मेडिकल अवस्था पहिचान गर्न असफल भएकाले नै उनी यति ठूलो स्वास्थ्य समस्यामा परेका हुन् । जसले गर्दा उनको खुट्टामा वास्तवमै कहिल्यै ठीक हुन नसक्ने नोक्सानी गरायो ।

यसका विरूद्द उनी अदालत गए। र अदालतले अन्ततः अस्पतालले उनको विगत र भविष्यको पीडा, मानसिक वेदना अनि मेडिकल खर्चको क्षतिपूर्ति स्वरुप १११ मिलियन अर्थात् ११ करोड डलर प्रदान गर्नु पर्ने निर्णय गरेको हो । यो भनेको नेपालीमा १३ अर्ब ८१ करोड रुपैँया हुन्छ ।

तर अमेरिकामा यति ठूलो रकमको मेडिकल क्षतिपूर्तिको यो पहिलो घटना भने होइन । तर यति ठुलो रकमको क्षतिपूर्ति भैरहने घटना पनि होइन। मिनेसोटा राज्यको इतिहासमा यसप्रकारको घटनामा सबैभन्दा ठुलो रकम मानिएको छ।

अनुजले पाएको क्षतिपूर्ति रकमले उनको खुट्टा अब ठिक हुँदैन, तैपनि उनको बाँकी जीवनमा यसले सहजता भने ल्याउँछ । यो घटनाले के सिकाउँछ भने, चरम लापरवाही वा गल्तिका विरूध्द लड्नु पर्छ । उपभोक्ताको अधिकारबारे चनाखो हुनुपर्छ। प्रवासका धेरै नेपालीहरूका निम्ति यो एउटा चनाखो रहने उदाहरण हो।