नेपाली लाइसेन्स फेला पर्यो, लाइसेन्स ब्रसेल्स दूतावासमा सुरक्षित

नेपालको  कास्की हेम्जा निवासी  सन्तोष नेपालीको नेपाली सवारी चालक अनुमति पत्र बेल्जियममा फेला परेको छ । सम्वन्धित निकायले उक्त अनुमति पत्र नेपाली दूतावास ब्रसेल्समा छाडिदिएको नेपाली दूतावास ब्रसेल्सका प्रतिनिधि रामबाबु नेपालले जानकारी गराएका छन । अनुमति पत्र दूतावासमा सुरक्षित रहेको र सम्बन्धित व्यक्तिले आफ्नो सवारी चालक अनुमति पत्र लिन सक्ने तर सम्वन्धित व्यक्तिलाई सूचना गर्ने कुनै पनि माध्यम  उपलब्ध नभएको नेपालले जानकारी गराए  ।

बेल्जियमको गेन्ट क्षेत्रमा उक्त अनुमति पत्र भेटिएको बताइएको छ ।