नेपाली महिलालाई भारतीय सम्मान

राजविराज-५ निवासी महिला अधिकारकर्मी आभासेतु सिंहलाई भारतमा ‘बिराङ्गना विशिष्ट सम्मान २०१४’ बाट सम्मान गरिएको छ|महिला सुरक्षा, अधिकार, समाजसेवा तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सिंहलाई भारतको जमशेदपुरमा अखिल भारतीय क्षेत्रीय महिला समाजले सम्मान गरेको हो |

दुई लाख ५१ हजार भारुको सो पुरस्कार अखिल भारतीय क्षेत्रीय महासभाका राष्ट्रिय महासचिव डा. एमएस सिंह ‘मानस’ ले प्रदान गरेका थिए |

सो पुरस्कार पाउने सिंह पहिलो नेपाली महिला हुन्| सम्मानित सिंह महिला अधिकार मञ्च तथा सेतु समुदायिक विकास मञ्च सप्तरीकी अध्यक्ष हन्|रासस