बेलायतस्थित सरकारी स्वास्थ्य संस्था क्विन एलिजाबेथ हस्पिटलको क्लिनिकल गर्भनेन्स म्यानेजर पदमा कार्यरत चिकित्सक बच्चु कैलाश कैनी त्यहाँको लेबर पार्टीको डार्टफोर्ड इकाईको ट्रेड युनियनको संयोजक भएका छन् । उनले नेपाल छँदा शहीद गंगालाल राष्ट्रिय हृद केन्द्र काठमाडौंमा १० बर्ष सेवा गरेका थिए ।
सन् २००९ मा लेबर पार्टीको सदस्यता लिएका कैनीले अब पार्टीका तर्फबाट कामदारहरुका समस्या र त्यसको समाधानका बिषयमा काम गर्नेछन् । यसैगरी कामदारहरुका पक्षमा नीति निर्माणका लागि पनि पार्टीमा बहस चलाउने जिम्मेवारी आफूलाई आएको कैनीले इमेल कुराकानीका क्रममा बताएको हिमाल खबरले छापेको छ ।
संयोजक चयन भएसंगै उनी पार्टीको स्थानीय इकाईको सम्मेलनमा पनि सहभागि बन्न पाउनेछन् । यस्तै, पार्टीका तर्फबाट संसदीय चुनावमा पनि आफ्नो प्रत्यक्ष संलग्नता रहने कैनीले बताए ।
आफू विदेशमा आएर पनि राजनीतिक क्रियाकलापमा संलग्न बन्न पाएकोमा खुशी लागेको बताउने कैनी विकसित मूलुकको राजनीतिक प्रणालीका बारेमा जानकारी राख्न यस प्रकारको आवद्धताले मद्धत पुग्ने बताउँछन् ।