नेपाली अमेरिकन लेखक प्रिया सुबेदीको कृति दि रोबोटिक मोसन अन्तरास्ट्रिय नेपाली साहित्य समाज बाल्टिमोरको आयोजनामा एक समारोहका बीच विमोचन भएको छ ।
उक्त कार्यक्रम अनेसास बाल्टिमोर शाखाका अध्यक्ष तिर्थ पाण्डेको सभापतित्त्व तथा अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुबेदी, वर्तमान विओटी अध्यक्ष श्याम कार्की र नेपाल सरकारका महबाडिज्य दुत प्रेमराजा महतको विशेष उपस्थितिमा सम्पन्न भएको हो । सन् २००८ मा पहिलो पुस्तक प्रकासित गरिसकेकी लेखिकाको यो दोश्रो कृति हो ।