निकट भविष्यमा पिउने पानीको हाहाकार हुने

निकट भविष्यमा पानीको हाहाकार हुने समाचारहरू प्रकाशमा आएका छन् । हालै ५०० ब्रिटीश वैज्ञानिकहरूले अब दुइ पुस्ता मै पिउने पानीको संकट हुने चेतावनी दिँदै सावधानीपूर्वक नीति बनाउन आग्रह गरेका थिए । हावापानी परिवर्तन, प्रदुषण र श्रोतको अधिकतम प्रयोगले ९ विलियन जनसँख्यालाइ धान्न नसक्ने ती वैज्ञानिकहरूको निर्क्याैल छ । समुद्रको नुनिलो पानी खानयोग्य बनाउन अत्यन्त महंगो हुने भएकोले जनसख्याँ वृद्धि र चापअनुसार पिउने पानीको श्रोत अत्यन्त कम छ ।

waterयसैबीच वेलायतबाट प्रकाशित एक विज्ञान सम्बन्धित म्यागजिनले सन् २०४० सम्ममा विश्वमा पिउने पानीको हाहाकार हुने संभावना सार्वजनिक गरेको छ। एक अनुसन्धानको प्रतिवेदनमा यस्तो चेतावनी दिएको हो। तीन बर्षसम्म चलेको उक्त अनुसन्धानपछि पिउने पानीको नाश पनि कम गर्न सुभाव दिइएको छ।

अहिल्यैबाट पिउने पानीको नाशमा कमी गरिएन भने २०४० सम्म संसारमा मानिसले तिर्खा मिटाउने लायक पानी पाउने छैनन्। अधिकांश राष्ट्रहरुमा पानीको खपत पिउन भन्दा बिजुली उत्पादनमा खर्च भइहेको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धानको प्रतिवेदनका अनुसार, अधिकाश उर्जा यन्त्र उत्पादकहरुमा पानी कति प्रयोग हुन्छ भन्ने रेकर्ड थाहा पाउन नसकिएको बताएको छ। विद्युत उत्पादनको लागि बैकल्पिक सैार्य उर्जा, लगायत अरु प्रविधिमा जान सुझाव दिइएको छ।