नाकाबन्दीको समर्थनमा 

कविता
Dipendra KCस्वार्थहरुले
शक्तिशाली आसन खोजेपछि
बन्दी भएका हुन स्वतन्त्रताहरु !!
नुुहेर यति धेरै
झुुकेर यति धेरै
पाउ पर्नुुको परिणाम —
उठ्न सकेको छैन देश !
कति सफेद चित्र । 
 
सँकटका झरीहरुमा
आत्मनिर्भरताका गँजडी गफहरु प्रसारित हुन्छन
राजनैतिक अखडाहरुमा
तर मेरो प्रश्न—
के एउटै हुुन सक्दैनन् परिभाषा
राष्ट्रियता र राष्ट्रिय सँकटको ?
मजाले गाली गरेर इतिहासलाई
आत्मनिर्भरताको बाटो खन्छौं बर्तमानमा
र साँझ  भट्टीमा बोत्तल फोरेपछि पूूरा हुन्छ कर्तव्य
एवँरीतले भुुल्छौं, ईतिहास हुुनेछौं हामीपनि ।
 
खुलामञ्चमा जम्मा गरेर बेरोजगारहरु घोषणा गर्यौं 
धेरै प्रथाहरु अन्त्य भएको
तर मालिक आफू मालिक रहन नजानेर
एउटा प्रथा राख्यौं आफैसँग
दासप्रथा !
 
हो ! त्यही दासप्रथाको तुँवालोमा लुकेर 
छिरेको हो नाकाबन्दी !
म विरोध गर्दिन नाकाबन्दीको
म विरोध गर्दछु दासप्रथाको ;
बोक्छौं किन आखिर आफै ?
 
मालिक र दासको सम्बन्ध 
सुमधुर हुन सक्दैन कहिल्यै
मालिकको कुर्सीमा 
बसेको छ नाकाबन्दी !
— दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन, बेल्जियम ।