धरौटी रकम बुझाउन नसकेर साउदी अरब जेलमा पिडा भोग्दैछन् सन्जिब

वैदेशिक रोजगारीका क्रममा तिन बर्ष अघि साउदी अरेबिया पुगेका धनुषा पुष्पलपुर १ रतनपुरका सन्जिब यादब १ बर्ष देखि jailसाउदी अरेबियाको केन्द्रिय कारागार अलहासामा दुखदायी जिबन बिताईरहेका छन|

अरेबियाको ‘मोहम्मद–हल–मोबारक’ कम्पनीमा काम गर्दागर्दै दुर्घटना प्रकरणमा परी गत एक वर्षदेखि कारागार यातना भोगिरहेका छन| पीडित यादवका साथी सञ्जयकुमार यादवका अनुसार गत साता त्यहाँको अदालतले पीडित भारतीय साहिद मोहम्मदिनको सवारी दुर्घटनामा परी मृत्यु भएपछि निजको परिवारको जीवनयापनका लागि बुझाउनुपर्ने धरौटी रकम बुझाउन नसकेका कारण चालक सञ्जीव अझै कारागारमुक्त हुन सकेका छैनन् | अदालतको निर्णयअनुसार सञ्जीवले सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत करिब ९७ हजार रियाल अर्थात् नेपाली करिब रु २८ लाख धरौटी बुझाउनुपर्ने छ|

सञ्जयले सञ्जीवको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले सो रकम पीडित पक्षलाई बुझाउन सक्ने अवस्था नदेखिएकाले विभिन्न निकायलाई उनलाई कारागारमुक्त गराउन पहलका लागि आग्रह गरेका छन्|

अरेबियन मुलुकमा कार्यरत नेपालीहरु मध्ये केहि नेपालीहरुले बिभिन्न अभियोगमा पाएको कारावास तथा मृत्युदण्डको सजायलाइ अदालतले तोकेको धरौटी रकम बुझाएर मुक्त हुने गरेका छन|कतिपय नेपालीहरुलाई प्रवासी नेपालीहरुको संस्था एनआरएनले समेत सहयोग र पहल समेत गर्ने गरेको छ|

सन्जिब नेपालको डायना ओभरसिज म्यानपावर कुपनडोलबाट करिब तीन वर्षअघि राहदानी लिई अरेबियाको ‘मोहम्मद–हल–मोबारक’ कम्पनीमा गएका थिए|