दुई हप्ता अघि हराएका बेल्जियन विधार्थी मृत अवस्थामा फेला

दूई हप्ता अगाडी देखि हराएका १८ बर्षिय बेल्जियन नागरिक मिखेल बेल्जियमको हुल्बेकमा शनिवार मृत अवस्थामा भेटिएका छन| अनुसन्धानमा क्रममा उनको मृत्युलाई दुर्घटना भनिएको छ| पोस्ट मार्टम पछी मृत्यु बारे थप जानकारी प्राप्त हुने समाचारमा जनाईएको छ|

उनि स्कुल समय पछी नै बेपत्ता भएका थिए| उनि  त्यस समय खुशी थिएनन| उनले आफ्ना साथीलाई आफु खुशी नरहेको बताएका थिए| उनले आफ्नी दिदीलाई मोबाईलमा म्यासेज पठाएका थिए लगत्तै मोबाईल बन्द थियो र कुनै समय पनि सम्पर्क हुन सकेको थिएन|