बेल्जियममा पुरुष भन्दा महिला बढी

बेल्जियमको बर्तमान तथ्यांकले पुरुष भन्दा महिला बढी रहेको देखाएको छ| २०१५ जनवरी १ को तथ्यांक अनुसार बेल्जियममा बैधानिक रुपमा बसोवास गर्नेहरुको संख्या १,११,९०,८४५ रहेको छ जसमा महिलाको संख्या पुरुष संख्या भन्दा दुई लाखले बढी छ|

तथ्यांक अनुसार फ्लांदर क्षेत्रमा ६५ लाख, वालोनीमा ३५ लाख र राजधानी ब्रसेल्स क्षेत्रमा १२ लाख मानिस रहेका छन्|

तथ्यांक अनुसार बेल्जियमका सबै भन्दा बृद्व व्यक्ति ११६ वर्षका रहेका छन् |उनि अन्त्वेर्पेंनमा बसोवास गर्छन भने औसतमा सबै भन्दा बढी युवाहरु ब्रसेल्समा रहेका छन्|