‘दिलशोभाले घरेलु कामदारमा पठाएकी बालिकामाथि बलात्कार प्रयास भएको थियो’- गार्डीयन

समाज सेवा गरेको भनी नाम चलेकी दिलशोभाको वास्तविक “समाजसेवा” बारे एकपछि अर्को वास्तविकताबारे रहस्य खुल्दै गएको छ । नागरिक दैनिकले दिलशोभाले ‘यौन दुराचार’ हुने गरी घरेलु कामदारका रूपमा युवति पठाएको समाचार छापिएपछि उनको चर्चा चुलियो । मानव अधिकार आयोगको छानवीनमा ‘यौन दुराचार’ प्रमाणित नभए पनि ‘धर्म परिवर्तन गराउने आशय’ देखिएको रिपोर्ट सार्वजनिक भैसकेको छ । दुःख पाएकालाई थोरै सुविधा दिएर धर्म परिवर्तन गराउन खोज्ने अर्थात् ‘आस्था खरिद गर्ने गतिविधि’ अपराध हो कि होइन ? यदी हो भने यस्तो अपराधमा सजाय हुन्छ कि हुँदैन ? यस्तै सवालहरू उठीरहँदा दिलशोभाले “पालेको” भनिएकी अर्की बच्चीको रामकहानी गार्डीयनले सार्वजनिक गरेको छ ।

MDG : Orphanage in Nepal : Dolma Sherpaसमाजसेवी दिलशोभा श्रेष्ठको ‘आमा घर’मा आश्रय लिएकी एक बालिकाले आफुलाई घरेलु कामदारका रुपमा काम गर्न पठाउँदा यातनाका साथ बलात्कारको प्रयास समेत भएको बयान दिएकी छन् । विश्वको प्रतिष्ठित पत्रिका ‘गार्डीयन’ले आफ्नो अनलाईन संस्करणमा त्यससम्बधी रिपोर्टका साथ बालिकाको बयान समावेश गरेको छ । त्यसमा आमा घरबाट घरेलु श्रममा पठाइएकी बालिकाले आफुलाई एकजनाले बलात्कारसमेत गर्न खोजेको बताएकी छन् ।

विश्वकै सबैभन्दा बढी पढिने मध्येको न्युजपेपरको अनलाइन संस्करणमा बालिकाले भनेकी छन्,
‘म आमाको घरमा १२ वर्षको हुँदा आएको थिएँ । म यहाँ आएको एक वर्षपछि मलाई घरेलु कामदारका रुपमा काम गर्न पठाइयो, कसैको घरमा । म त्यहाँ करीब ४ वर्ष बसें । जो श्रीमती हुनुहुन्थ्यो, त्यो घरको, उहाँले मेरो कपाल तान्ने, मलाई गाली गर्ने पिटने गर्नुहुन्थ्यो । कहिलेकाँही त मलाई थुक्ने पनि गर्नुहुन्थ्यो । त्यहाँ एक जना बृद्ध पनि हुनुहुन्थ्यो, उहाँले मलाई बलात्कार गर्ने प्रयास गर्नुभयो …….’

http://youtu.be/E_pvdIuIkok