थाइल्याण्डमा एक नेपालीद्वारा आत्महत्या

नेपालको बाग्लुंग स्थाई घर भै बिगत १५ बर्ष देखि थाइल्याण्डमा ब्यबसाय संचालन गर्दै आएका दिल बहादुर थापाले आत्महत्या गरेका छन् | दुई सन्तानकाdil b thapa पिता समेत रहेका थापाले शौचालयमा पासो लगाएर आत्महत्या गरेका थिए| थाई महिला सग बसोवास गर्दै आईरहेका थापाको केहि समय यता श्रीमती सग सम्वन्ध बिग्रेको थियो|

नेपाली समुदायमा राम्रो छवी बनाएका थापा एनआरएन थाईल्याण्डको बहालवाला उपाध्यक्ष समेत हुन् | सामाजिक कार्यमा संलग्न सफल व्यवसायीको रुपमा परिचित थापालाई सम्झिदै तत्कालिन महासचिब सुनिलले  खड्का थापा पहिले ईमान्दार व्यक्ति र त्यस पछी ब्यापारी भएको बताए | पछिल्लो समय बिदेशमा बिभिन्न तनावका कारण आत्महत्या हुने गरेकोमा गाउँले भबिन्द्र बस्नेत तथा अन्य साथीभाइहरूले सफल ब्यपारीको साथै सामाजिक प्रतिष्ठा कमाएका थापाको आत्माहत्यालाई  रहस्यको रुपमा लिएका छन |