अमेरिकाका नेपालीको फोटो नरेन्द्र मोदीले अनधिकृत प्रयोग गरेको आरोप

bimal-nepal-dipawali-photo
अमेरिकामा बस्ने गैर अावासासीय नेपाली विमल नेपालले आफ्नो फेसबुकमा राखेको दिपावलीको फोटो भारतीय प्रधानीमन्त्री मोदीको फेसबुकमा प्रयोग भएको बताउँदै प्रतिलिपि अधिकारको प्रकरण उठाएका छन् । खासगरी, फोटोको क्रेडिट समेत नदिइएकोमा उनको चित्त नबुझेको बताइएको छ ।
भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले बिमलले खिचेको तस्वीर र मोदीले शुभकामनामा प्रयोग गरेको तस्वीर तुलना गर्दै समाचार छापेको छ । उनले त्यो फोटो अमेरिकाको क्याम्ब्रिज म्यासाच्युसेट्सस्थित आफ्नो निवासको डाइनिङ रुममा अघिल्लो वर्ष दिपावली गर्दा छोरी अविनाको सहयोगमा खिचेको हिन्दूस्तान टाइम्सलाई बताएका छन् ।