जापानमा तीज फेस्टिवल आयोजना हुने

नेपाल राष्ट्रिय लोक दोहोरो प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, लुट कान्छा लुटका गायक पशुपति शर्मा, लोक गायिक सम्झना भण्डारी, प्रताप दास, रमेश राज भट्टाराई, मन्जु पौडेलले यही नोभेम्बर १ तारिखमा जापानमा तीज विशेष कार्यक्रममा दमदार प्रस्तुति दिने निश्चित भएको डेस्टीनी क्रियसनका कोअर्डीनेटर अश्सा खत्रीले जानकारी दिइन्।

एनआरएनए जापान र माईती नेपालको संयुक्त रुपमा स्थापना गरिएको महिला हिंसा तथा चेलिबेटी बेचविखन बिरुद्धको अभियानमा विशेष सहयोगार्थ एनआरएनए जापान र डेस्टेनी क्रियसनको संयुक्त आयोजनामा जापानमा पहिलो पटक खुल्ला तीज फेस्टिवल गर्ने भएको छ।