जनसम्पर्क समिति बेल्जियमले छान्यो महाधिवेशन प्रतिनिधि

Janasamparka-belgiumनेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।

सुवास जोशी, सीता सापकोटा र राम थापा महासमिति सदस्य छनोट भएका छन् भने गंगाधर गौतम, बलिराम झा, कमल पन्थी र सुवास गुरुङ्ग महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।

आइतवार सम्पन्न जनसम्पर्क समितिको बैठकले प्रतिनिधि चयन गरेको थियो ।