जनसंपर्क समिति बेल्जियमको विवाद साम्य पार्ने नयाँ प्रयास

नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सन्तोस जोशी (सुवास)ले एक विज्ञप्ति जारी गर्दै
यसको मनमुटाव हटाउने प्रयासस्वरूप नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकास शरण महतको उपस्थितिमा केही पहल भएको जनाएका छन् । विज्ञप्तिअनुसार निर्णयहरू यस्ता छन्:

Janasamparka belgiumक) नेपाली जनसंपर्क समितिको निर्णयबाट अलग रहेर केहि साथीहरुले अगल समुह खडा गरि एनआरएनमा चुनाव लडेको परिप्रेक्ष्यमा ति साथीहरुलाई समितिले कारबाही गरेकोमा तत्तकालीन परिवेसमा भएका कमिकमजोरीहरुलाई सवै पक्षहरुले आत्मसाथ गरि आगामी दिनमा संगठनको भावाना अनुरुप अगाडि बढ्ने प्रतिवद्धता साथीहरुबाट आएको कुरालाई मान्यता दिदै सो कारवाहीलाई समितिका अध्यक्षले फुकुवा गरेकोमा आगामी कार्यसमितिको बैठकले अनुमोदन गर्ने ।

ख) जनसंपर्क समिति बेल्जियमलाई समितिको तेस्रो अधिबेसनबाट सम्सोधित विधान अनुसार अगाडि बढाउन सवै साथीहरुबाट आ–आफ्नो किसिमले सहयोग गर्न आग्रह गरिन्छ।

ग)नेपाली काँग्रेस केन्द्रिय महाधिवसेसनको सन्दर्भमा जनसंपर्क समितिहरुबाट हुने प्रतिनिधीहरुको चयन प्रकृया र क्षेत्रिय तथा जिल्ला अधिवेसनबाट चयन गर्ने प्रकृया अलग अलग भएकोले केन्द्रिय समिति संग समान प्रकृया अपनाउन माग गर्ने ।

घ) जनसंपर्क समिति बेल्जियमको रिक्त पदहरुमा संगठनका निष्ठावान एवं प्रतिवद्ध साथीहरुलाई बिधानत समावेस गरि अगाडि बढ्ने समितिको परामर्समा आवश्यकता अनुसार बैठकमा आमन्त्रीतको ब्यबस्था गर्ने ।

ङ) जनसंपर्क समितिको अन्तराष्टिय स्तरमा विस्तार संगै विभिन्न महादेश र क्षेत्रहरुमा अवस्थित संपर्क समितिहरु विच प्रभावकारी संवन्ध स्थापित गर्ने क्षेत्रिय समन्वय समितिहरुको आवश्यकतालाई पार्टिको विधानमा सुनिश्चित गर्न पार्टि केन्द्रिय समिति संग अनुरोध गर्ने । साथै नेपाली जनसंपर्क समिति युरोपको द्धितिय अधिवेसनमा नेपाली जनसंपर्क समिति बेल्जियमको तर्फबाट हुने सहभागिताका सहित बिभिन्न बिषयका संवन्धमा यस समितिको आगामी वैठकबाट निर्णय गर्ने ।