लुभेनमा चैते दशैं कार्यक्रम

बागलुड. समाज बेल्जियमको आयोजनामा लुभेनमा गत २६ मार्चका दिन साँस्कृतिक कार्यक्रमका साथ चैते दशैं पर्व मनाइयो । बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रमुख अतिथीको आसनबाट उदघाटन गर्दै विदेशमा पनि आफनो मौलिक सँस्कृतिलाई जोगाउनु सह्रानीय भएको बताउनु भयो ।
उदघाटन कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन केन्द्रीय सचिव जानकी गुरुड., स्थानीय लुभेन नपाका उपमेयर रुदवानी, लुभेन नपाकी साँस्कृतिक प्रमुख डानीस, एनभीआ पार्टीका लोरिन प्रे, मानार्थ नेपाली काउन्सिलर रोजर द ग्रुन ले शुभकामना मन्तव्य दिएको कार्यक्रममा बागलुड.को विविध पक्षबारे पोर्चुगल एनआरबाट के.स. नरेन्द्र हमाल,  एनआरएनका निवर्तमान अध्यक्ष गँगा गौतम, समाजका पूर्व अध्यक्ष देवेन्द्र शर्मा, इन्द्र क्षेत्री, दीपेन्द्र के.सीले प्रकाश पारेका थिए ।
अध्यक्ष गँगा प्रसाद शर्माको सभापतित्वमा भएको समारोहको सँचालन कार्यक्रम सँयोजक माधव सापकोटा र स्वागत मन्तव्य महासचिव परमानन्द सापकोटाले गरेका थिए । सो अवसरमा बागलुड. समाजले स्थापना गर्ने भनिएको परोपकारी कोषको रकम सँकलन कार्यको पनि शुरुवात गरिएको थियो । सोही साँझ कलाकार बलराम पुन, शकुन्तला थापा र दुर्गाकाजी शाक्यका साथै स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।

  • दीपेन्द्र के.सी