चहलपहल कप जीएनएफसी जर्मनीले जित्यो

बेल्जियममा ‘दोश्रो चहलपहल कप’ फूटबल प्रतियोगिता सम्पन्न भएको छ| आईतवार बेल्जियमको लुभेनमा युरोपका नेपाली १५ टिम बीच भएको खेलमा जीएनएफसी chahalpahalजर्मनी प्रथम भयो| प्रतियोगितामा चहलपहल एफसी दोश्रो र नेदरल्याण्ड टिम तेश्रो भएका थिए|प्रथम,द्वितीय र तृतीय टिमलाई ८००,५०० र ३०० सय युरो नगद र ट्रफी प्रदान गरीएको थियो|

प्रतियोगितामा बेल्जियम लगायत लक्जेम्बर्ग,नेदरल्याण्ड र जर्मनीका एनबि जुनिएर, एनएफसी यूनियन, एफसी एभरेष्ट ह्वाईट, एनवाईएफसी लक्जेम्बर्ग, नेपाली ड्रीम टीम, एनबीवाईसी, एभरेष्ट ब्लु, अन्नपूर्ण ब्रसेल्स, ट्रिनिटी, चहलपहल जुनियर्स, अन्त्वेर्पेंन टिम, जीएनएफसी जर्मनी, एनएफसी पाण्डव, पोख्रेली ब्वाईज, चहलपहल एफसी गरि १५ टिमले सहभागिता जनाएका थिए|दोश्रो चहलपहल कप विजेता जीएनएफसी जर्मनीका नेपाली खेलाडीहरु खुसि मनाउदै

चहलपहल युवा समुह बेल्जियमद्वारा प्रतियोगिताको आयोजना गरीएको थियो |बेल्जियमका लागी नेपाली राजदूत राममणी पोखरेलले खेलको उद्घाटन गरेका थिए|