चलचित्र प्रदर्शन पूर्व राष्ट्रिय गानको धुन बजाउन निर्देशन

नेपाल चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन सुरु हुनु अघि राष्ट्रिय गानको धुन बजाउन निर्देशन जारी गरेको छ ।

बोर्डले विज्ञप्ति जारी गरी १५ दिनभित्र नियम लागू हुने जानकारी दिएको छ ।

विज्ञप्तिमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले राष्ट्रिय एकताको आवश्यकतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिनुका छन ।

“नेपाली, हिन्दी र अङ्ग्रेजी सबै चलचित्रको प्रदर्शनपूर्व अनिवार्य राष्ट्रिय गीत बजाउने योजना १५ दिनभित्र लागू भइसक्छ”, राईले भने  “राष्ट्रियतालाई जगेर्ना गर्ने जमर्को मात्र गरेका हौँ ।”

२०४६ सालको जन आन्दोलनपूर्व पनि चलचित्र घरमा अनिवार्य रूपमा राष्ट्रिय गीत बजाउनुपर्ने नियम थियो । बहुदल आएपछि नियम बदलिएको हो ।

हलमा गीत बजाउन टुके प्रविधिमा खिँचिएको राष्ट्रिय गीतको फुटेज सबैलाई उपलब्ध गराइने भएको छ ।