घरेलु कामदार भएर जाने महिलाको उमेर हद तोकियो

सरकारले घरेलु कामदारमा रुपमा विदेश जाने महिलाको नयाँ उमेर हद तोकेको छ । ८ मसहना लामो अध्यन पछि सरकारले महिलाको २५ बर्ष उमेर तोकेर नयाँ निर्देशिका तयार गरेको छ । अब खाडीका ६ देश, लेबनान र मलेसिया जाने घरेलु महिला कामदारको उमेर २४ वर्ष पूरा हुनुपर्ने छ ।

भोलि बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले नयाँ उमेर हदत सहित निर्देशिकबाम पारित गर्ने स्रोतले बताएको छ ।  खाडीका देश साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमनका लागि यसअघि ३० वर्ष उमेर तोकिएको थियो । अन्य देशमा जाने महिला कामदारको उमेर भने संस्थागत रूपमा जाने कामदारको उमेरसरह १८ वर्ष नै हुने श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले उमेरका विषयमा लामो छलफल पछि २४ बर्ष पुरा अथवा २५ बर्ष तोकेको जानकारी दिए ।

‘विदेशमा घरेलु कामदारका रुपमा जाने महिला २४ बर्षपछि परिपक्क हुने र आउने समस्याका विषयमा पनि जुद्न सक्ने निस्कर्षका साथ उमेर हद तोकेको हा’े उनले भने ‘अब मन्त्रिपरिषदबाट पारित भएपछि लागु हुनेछ र कामदार पनि खुला हुनेछ । ’ सरोकार वालाले भने उमेर हद तोकेकोमा विरोध गरेका छन् । पौरखी नेपालका अध्यक्ष मन्जु गुरुङले उमेर हद तोकेर सरकारले झन समस्या सृजना गरेको बताइन । महिलाहरु अवैधानिक बाटोबाट रोक्न निर्देशिका बनाउनुपर्नेमा झन उमेर हद तोकेर जवान बाध्य बनाएको उनको भनाईछ । सरकारले कामदार मुलुकको संख्या पनि १ सय १० पुरयाएको छ । यसअघि १ सय ८ देशमा अनुमति दिइएको थियो ।