गौरिका प्रारम्भिक चरण ‘हिटस’ मा पहिलो,अन्तिम सोह्रमा परिनन

ओलम्पिककी कान्छी नेपाली खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन्। आइतवार राती भएको  खेलमा आफ्ना ३ जनालाई पछि पार्दै  १ सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरण ‘हिट’  प्रतिस्पर्धामा पहिलो भएकी हुन् ।

रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरिन्।

सय मिटर ब्याकस्ट्रोकमा स्वर्णंका लागि ३४ खेलाडीहरुले भाग लिएकोमा उनि अन्तिम सोह्रमा पर्न भने सकिनन् ।