गोविन्दाकी श्रीमती नेपाली फिल्म बनाउन चाहन्छिन्

बलिउडका चर्चित एवं लोकप्रिय अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले नेपालमा नेपाली सिनेमा तर्फ रुचि देखाएकी छन् ।

Govinda-and-Sunita-Ahujaकाठमाडौंस्थित माइतीघरमा आयोजित एक कार्यक्रममा आएको बेला उनले नेपाली संस्कृति झल्काउने सिनेमा निर्माणका लागि सोच बनाएको बताइन् ।

आफ्नो माइती ठाउँमा पनि केही राम्रो काम गर्न इच्छुक रहेको र सिनेमा निर्माण पहिलो प्राथमिकतामा परेको उनले बताएकी छन् ्र आफ्नो माइती काठमाडौंको साँखुमा भएकी सुनिता समय समयमा नेपाल आउने जाने गरिरहेकी हुन्छिन । उनि भारतमा रहेपनि नेपाल प्रति उनको प्रेम मनभरी रहेको कुरा नेपाली चलचित्र प्रतिको उनको मोहले पनि बताउछ ्र

मनिषा कोइरालाको विहेमा नेपाल आएकी उनि त्यसपछि पनि पतिलाई लिएर आफ्नो माइती देश आएकी थिइन् । उनको नेपाल प्रेम पनि कतिपय बेला व्यक्त हुने गरेको छ । अहुजाले नेपाली सिनेमालाई व्यवसायको रुपमा अगाडी बढाउनुपर्ने भन्दै त्यसको लागि आफुले सोच बनाएको बताएकी छन् ।