खाडीका नेपालीहरुको लागि एनआरएनको अक्षयकोष

tbगैर-आवासीय नेपाली संघका उपाध्यक्ष टि.बि कार्कीले रोजगारीको शिलशिलामा खाडी क्षेत्रमा आएका नेपालीहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्वेश्यले निकट भविष्यमा परोपकारी कोषको निर्माण गर्न गैरहेको जानकारी गराएका छन्|  कार्कीले बुधवार बेल्जियमको सेन्ट-निक्लास स्थित होटल न्यू फ्लान्दरमा एनआरएन बेल्जियमले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्|

नेपाल र नेपालीको समृद्वी नै एनआरएनको प्रमुख उद्वेश्य भएको उल्लेख गर्दै ‘पछिल्लो समय रोजगारीको शिलशिलामा खाडी क्षेत्रमा आएका नेपालीहरुले अनेकौ समस्या भोग्नु परीरहेको छ|सुरक्षित रोजगारको ग्यारेन्टीको लागी नेपाल सरकारले ध्यान दिनु पर्छ’ उनले भने |’यसरी नेपालीहरुले भोग्नु परेका समस्याबारे नेपाल सरकारलाई जानकारी गराउनुको साथै तत्काल गर्नु पर्ने सहयोगको लागी अक्षयकोष स्थापना नै पहिलो माध्यम बन्न सक्छ’ उनले थपे |

कार्यक्रमका अर्का बक्ता एनआरएन उपाध्यक्ष भुवन भट्टले परोपकारी कार्यका साथै गैर-आवासीय नेपालीहरुको देश बिदेशमा एक्ला एक्लै ठूला योजनामा लगानी गर्न सक्ने  अवस्था तत्काल सिर्जना भै नसकेको उल्लेख गर्दै सामुहिक लगानीमा जोड दिनु पर्ने बताए|एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियम आसीसी सदस्यद्वय शिवकुमार बरुवाल र जानकी गुरुङका साथै एनआरएन सल्लाहकार युवराज गुरुङ पनि उपस्थित थिए|