कोहिनुरको कलेक्सन आठ करोड, नेपाली फिल्मको नयाँ रेकर्ड

लोकप्रिय नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले मंगलबारसम्म ८ करोड कलेक्सन गर्दै हालसम्मका नेपाली फिल्मको कमाइका सबै रेकर्ड तोडिदिएको छ।
वितरक सुनील मानन्धरका अनुसार फिल्मले हालसम्म झन्डै ८ करोड ग्रस कलेक्सन गरिसकेको छ भने प्रदर्शक र वितकरको अंश कमाइ निर्माताको हातमा ४ करोड बढी पर्ने निश्चित प्रायः भएको छ।
shree-sweta Kohinoorदेशभरि नै असोचनीय व्यापार गरिरहेको फिल्म पाँचौ सातामा चलिरहँदा निर्माण समूहले सोमबार राति यसको विशेष शो आयोजना गरेको छ। जहाँ पति वियोगको पीडा भोगिरहेकी नायिका श्वेता खड्काले पनि भक्कानिँदै पहिलोपटक आफ्नो पति श्रीकृष्णको अन्तिम फिल्म हेरिन्। गहभरि आँशु पार्दै उनले फिल्म हेर्न आएका विशिष्ट पाहुनाहरुलाई नमस्कार गरेकी थिइन्। कार्यक्रममा थुप्रै फिल्मकर्मी र निम्तालुहरुले श्वेतालाई सम्हाल्ने प्रयास गरेका थिए।
बाध्यतावश भारतको एक कोठीमा नाचिरहेकी श्वेता र श्रीकृष्णबीच माया बसेपछि श्रीकृष्णले जीवनभर सँगै जीउने कसम खाएको जस्ता दृश्यले सबै भाववि≈वल भएका थिए भने श्रीकृष्णले ‘आमा म मर्न चाहन्न, बाँच्न चाहन्छु भन्दा सबैले आँशु थाम्न सकेनन्। संयोगवश श्रीकृष्ण र श्वेताको जीवनमा धेरै मिल्दोजुल्दो बन्न पुगेको फिल्म हेर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसी, माओवादी नेतृ हिसिया यामीलगायतका राजनैतिक नेताहरु कुमारी हलमा पुगेका थिए।