आन्तरिक विवादका कारण लामो समय सम्म मन्त्री छान्न नसकेको नेपाली कांग्रेसले अन्तत सरकारमा पठाउने मन्त्रीको
टुंगो लागेको छ । बुधबार मन्त्रिपरिषदको विस्तार हुने भनिए पनि रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि सकेको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवाले पौडेलपक्षलाई ५ मन्त्री दिने सहमति जनाएपछि विवाद टुङ्गएिको हो । शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सपथ गराउने तयारी छ ।
कसले पाए कुन जिम्मेवारी ?
रामचन्द्र पक्ष
- सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण
- नविन्द्रराज जोशी –उद्योग
- दीपक गिरि –सिँचाई
- हृदयराम थानी –सहकारी तथा गरिवी निवारण
- रोमी गौचन थकाली –वाणिज्य
देउवा पक्ष
- प्रकाशशरण महत –परराष्ट्र
- अर्जुननरसिंह केसी –सहरी विकास
- बालकृष्ण खाँड –रक्षा
- जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन
- सुर्यमान गुरुङ –श्रम
- गगन थापा –स्वास्थ्य
- केशवकुमार बुढाथोकी –सामान्य प्रशासन
- शंकर भण्डारी –वन
यसअघि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।