पहिलो नतिजा मनाङको, काठमान्डु-१० बाट काँग्रेसका राजन के.सी. निर्वाचित, प्रचण्ड पराजित

संविधानसभा- २ को पहिलो नतिजा हिमालपारिको जिल्ला मनाङबाट घोषित भएको छ । र त्यहाँ काँग्रेसले खाता खोलेको छ ।
कांग्रेसका टेकबहादुर गुरुङ १५२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल गुरुङले ११९२ मत पाए भने राप्रपा नेपालका भुजुङ गुरुङ ५६२ मतसहित तेस्रो भए । एमाओवादीका कपिल लामाले २६१ र एमालेका छिरिङ लोप्साङ गुरुङले ६० मत पाए ।

काठमाण्डौ क्षेत्र नम्बर १० को पछिल्लो मतपरिणाम यस्तो रहेको छ
नेपाली काँग्रेसका राजन केसी २०३९२
एमालेका सुरेन्द्र मानन्धर १३६१९
एमाओवादीका प्रचण्ड १२८५९

यो मतसँगै के.सी. को विजय सुनिश्चित भएको हो ।
पूर्व प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्डसँग केसीले अघिल्लो निर्वाचनको बदला लिएका छन्। २०६४ को संविधान सभा निर्वाचनमा प्रचण्ड २३ हजार भोट ल्याएर विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी यीनै केसी थिए। त्यतिबेला केसीले १२ हजार भोटमा चित्त बुझाउनुपरेको थियो।

Rajan KC win