‘कलाकारको बिदाइ संगै रकम हस्तान्तरण गर्ने योजनामा थियौ’। योगेन्द्र श्रेष्ठ, कार्यबाहक अध्यक्ष पासापुच बेल्जियम

पासा पुच बेल्जियमका अध्यक्ष अध्यक्ष चिज कुमार श्रेष्ठ तथा सल्लाहकार अर्जुनकुमार श्रेष्ठको नाम जोडेर प्रकाशित भएका समाचारहरु प्रति पासा yogendra sपुच बेल्जियमले गंभिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।सस्थाका सदस्यहरुबाट रकम संकलन गरि भूकम्प पिडितलाई एनआरएन मार्फत उपलब्ध गराउने भनिएको रकम सस्थाले थप सहयोग संकलनको लागी आयोजना गरेको सास्कृतिक कार्यक्रमको कारण ढिलाई भएको र कलाकारको बिदाइ संगै हस्तान्तरण गरिने कार्यक्रम रहेको उल्लेख गर्दै सस्थाका कार्यवाहक अध्यक्ष योगेन्द्र श्रेष्ठको नामबाट जारि विज्ञप्तिमा भनिएको छ- ‘यस अति दुखित तथा संबेदनशील अवस्थामा आ-आफुबीचमा चिरा ल्याउने हर्कत अपनाउनु भन्दा संयमता अपनाउनु पर्ने अवस्थामा, असन्तुलित मानसिकताले समस्यालाई समाधान गर्नु भन्दा त्यसलाइ बिकराल रुपमा लाने ठहर गरेका छौ।‘

साथै सस्थाले अगस्तमा हुने एनआरएन बेल्जियमको अधिबेशनलाइ राजनीतिक रुपमा प्रभावित हुने गरि कुनै पनि ब्यक्ति वा सम्भाबिट उम्मेदवारलाइ हिलो छ्याप्ने कार्य तुरन्तै बन्द गर्नु पर्ने जनाएको छ।

प्रेस बिज्ञप्ति जस्ताको तस्तै

केहि समय अघि पासा पुच बेल्जियम अध्यक्ष चिज कुमार श्रेष्ठ तथा सल्लाहकार अर्जुन् कुमार श्रेष्ठ ज्युको नाम जोडेर केहि समाचारहरु प्रकाशनमा आएको र पासा पुच बेल्जियमको गम्भिर ध्यानाकर्षण भएको छ। पासा पुच बेल्जियम, बेल्जियममा रहेका नेवार समुदायहरुको छाता संगठन हो। नेपाल र नेपाली संस्कृतिलाई बेल्जियम तथा युरोपमा समेत व्यापक प्रचार प्रसार तथा नया नेवारी पिढीलाइ हाम्रो मौलिक संस्कृतिका बारेमा सचेत गराई भबिश्यमा पनि त्यसको संरक्षण लागि हाम्रा युवा पिढीलाई लेगेसी हस्तान्तरण गर्न अनबरत रुपमा हामी सक्रिय छौ।
गत २५ अप्रिल २०१५ का दिन नेपालमा मह भुकम्प आउने बित्तिकै भोलि पल्ट २६ अप्रिल २०१५ का दिन पासा पुच बेल्जियमले एक बृहत भेला को आयोजना गरी तुरुन्तै नेपालको लागि केहि राहात संकलन तथा पोस्ट डिजास्टर सहायोग जुटाउने अभियानमा लाग्ने निर्णय गरियो। र संकलित रकम कहाँ कसरी परिचालन गर्ने कुरामा सस्थाको आगामी बैठकले निर्णय गर्ने। हाम्रो बैठक लगतै भएको एन आर एन बेल्जियमको बैठकमा पासा पुच बेल्जियमबात १०००० युरो सम्म तत्कालै हाम्रा सदस्यहरुबाट उठाउने र आवश्यकता अनुसार थप सहयोग संकलन गर्दै जाने कुरा राखिएको थियो। र हाम्रो बैठकबात संकलित कहिँ रकम एन आर एन यको राहत कोष तथा नेपाली दुतावास बेल्जियमलाइ उपलब्ध गराउने निर्णय गरिएको थियो, र रकम हस्तान्तरण कलाकारहरुको बिदाई कार्यक्रममा गर्ने योजना अनुसार हालसम्म नपठाइएको हो।

पासा पुच बेल्जियमले सहयोग संकलन अभियानकै रुपमा अघि बढायो र तुरन्तै १३ हजार युरो हाम्रा सदस्यहरुबाट उठाउन सफल भएका थियौ। जसको पूर्ण बिबरणहरु समय समयमा सार्बजनिक संजाल्रहरुबात सार्बजनिक गर्दै आएका छौ। राहत  संकलन अभियानला अझ शसक्त रुपमा अघि बढाउन सांस्कृतिक च्यारिटी कार्यक्रमहरु गर्ने जसबात उठेको सम्पुर्ण रकम पनि नेपालको भुकम्प पिडितका लागी प्रायोग गरिने। हालसम्म हाम्रो सस्थाले राम्रो र प्रभाबकारी ढंगले अर्थ सकलन गरिसकेका छ। अझै उठ्ने क्रम जारि छ र यो अभियान लाइ निरन्तर अघि बढाउने छौ।
बेल्जियममा नेपालीहरुको एकता, सहकार्य र पारस्परिक सहयोगले नेपाल र नेपालको पर्बधन आपसी सौहार्दताबाट मात्र सम्भब हुन्छ । जुनसुकै तह, क्षेत्र र माध्यम भए पनि सामाजिक सेवाको अन्तिम लक्ष्य नेपाल र नेपालीहरुको हित र सेवा कै लागि हुनुपर्दछ । हामीले हाम्रो सामुहिक विवेकको प्रयोगबाट प्रवासमा पनि सभ्य तथा जिम्मेवार समाजको निमार्ण गर्ने परिदृश्य र सवै राजनैतिक, सामाजिक, सामुदायिक संघ संस्थाहरुले मुल मन्त्रको रुपमा सामुहिक हितका पक्षमा हुनुपर्दछ भन्ने कुरा हाम्रो स्पस्ट अवधारणा हो।

यस अति दुखित तथा संबेदनशील अवस्थामा आ-आफुबीचमा चिरा ल्याउने हर्कत अपनाउनु भन्दा संयमता अपनाउनु पर्ने अवस्थामा, असन्तुलित मानसिकताले समस्यालाई समाधान गर्नु भन्दा त्यसलाइ बिकराल रुपमा लाने ठहर गरेका छौ। तसर्थ सबै पक्ष जिम्मेवारी बोध तथा सकारात्मक सोचका साथ अघि बढेको खण्डमा हाम्रो समाजको हित तथा नेपालको पुनर्निर्माणमा सहयोग पुर्याउने देखिन्छ।
जहासम्म पासा पुच: बेल्जियमको राहत बितरण तथा पुनर्निर्माण मा सहयोग गर्ने कुरा छ, पासा पुच: बेल्जियमबात उठाएको रकमको सम्पूर्ण बिबरण आवश्यकता अनुसार सार्बजनिक गर्दै जाने छ। र नेपालको बस्तुस्थिति अध्ययन गरि दिर्घकालिन योजना बनाइ भुकम्प बाट अति प्रभावित समुदायको सार्बजनिक संरचनालाइ पुनर्निर्माण गर्न ठोस कार्यक्रमलाइ कार्यान्वयनमा लाने छौ।
अन्तमा आगामी अगस्तमा हुने एन आर एन बेल्जियमको अधिबेशनलाइ राजनीतिक रुपमा प्रभावित हुने गरि कुनै पनि ब्यक्ति वा सम्भाबिट उम्मेदवार लाइ हिलो छ्याप्ने कार्य तुरन्तै बन्द गर्नु पर्दछ। हाम्रा आदरणीय बेल्जियमबासी नेपाली दाजुभाई दिदिबहिनिहरु यस्ता तथ्यहिन समाचारहरुको निश्पक्ष विश्लेषण गरि सहि वा गलत छुत्याउन सक्ने हैशिय़ेतमा रहेको र त्यस्ता अर्नगल तथा हावादारी प्रोपोगान्डाहरु बाट भ्रमित नहुन हार्दिक अनुरोध छ।
योगेन्द्र श्रेष्ठ
कार्यबाहक अध्यक्ष