ओबामाले हारेको बियर-बाजी चुक्ता गरे

हारेको बाजी चुक्ता गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेल्जियन प्रधानमन्त्री एलियो दि रूपोलाइ अमेरिकी बियर पठाएका छन् ।

Obama letter n beersब्राजिलमा भएको वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर-बाजी थापेका थिए । सो खेल बेल्जियमले जितेको थियो ।

खेल सकिएको ढाइ महिनापछि ओबामाले अमेरिकामा रहेको बेल्जियन दूतावासमा बेल्जियन प्रधानमन्त्रीका निम्ति बियरसँगै एक पत्र पठाएका छन् । आफ्नै हस्तलिखित पत्रमा उनले ‘खेल मैदानमा बाहेक’ अन्य मामिलामा सँगसँगै काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
गत एक वर्षमा राष्ट्रपति ओबामाले २ पटक ब्रसेल्सको भ्रमण गरेका थिए ।