एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

एन आर एन स्विजरल्याण्ड को आयोजनामा भएको युरोप स्तरिय फुटबल प्रतियोगिता मा बेल्जियम को चहलपहल टिम बिजयी भएको छ । गत शनिबार र आइतबार स्विस को आराउ भन्ने ठाउँ मा भएको उक्त कार्यक्रम मा ३ गोल ले जित हासिल गरेको हो ।

सयौ नेपालीहरुको उपस्थिती रहेको फाइनल खेल बेल्जियम को चहलपहल र होल्यान्ड बिच हौसल्लाका साथ भएको थियो ।खेल भएको ५ मिनट मा नै होल्यान्डका खेलाडि तुफान घले ले १ गोल गरिअग्रसरता लिए त्यस्तै खेल को १२ मिनट मा प्रभिन बस्नेत ले दोस्रो गोल गरेका थिए
त्यस्तै बेल्जियम का आशिस तिवारीले खेल को दोस्रो हाल्फ पछी २५ औं मिनट मा १ गोल र प्रनय गुरुङ ले २७ औं मिनट मा गोल गरी बराबरि बनाउन सफल भएका थिए ।
दुबै टिम को सयौ दर्शक हरुको राम्रो समर्थन भएको थियो
खेल सकिन १ मिनट बाँकि रहदा बेल्जियम कै बिनय गुरुङ ले तेस्रो गोल गरी बिजयी हासिल गरेको हो । १५-१५ मिनट भएको उक्त रोमान्चिक खेल सौहार्दपुण बातावरणमा सम्पन्न भएको हो ।
स्विट्जरल्याण्डको अराउमा आयोजित यूरोप स्तरिय फुटबल प्रतियोगिताको कार्यक्रममा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री दीपक धिताल र गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितका उपाध्यक्ष भवन भट्ट न्तराष्ट्रिय समन्वय परिषद यूरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठ तथा अन्य राष्ट्र बाट पनि एन आर एन तथा आई सि सि सदस्य हरुको उपस्थिती रहेको थियो । राम्रो र सफल तरिकाले खेल खेलाउन सफल एन आर एन स्विजर ल्यान्ड मा बिभिन्न देश का १६ टिम को सहभागिता रहेको थियो । सबै खेलाडिहरु लाई खान बस्न को सुबिधा रहेको थियो भने खेल को संयोजक निराजन श्रेष्ट ले गर्नु भएको थियो ।

बिजय शर्मा दर्पणchahalpahal